आज २०८० साल पुस १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १५ गते आइतबारको राशिफल


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १५ गते आइतबार तदनुसार सन् २०२३ डिसेम्बर ३१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कमाउने योग छ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ। उत्तर तर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। नयाँ साथीसँग भेट हुँदा मन खुशी हुनेछ। आफूले गरेका कामको प्रशंसा हुने योग छ। परिवारमा खटपटी बढ्ने हुनसक्छ।

मिथुन : तपाईंका हरेक क्षेत्र सबल छन्। पुरानो इख बोक्ने मित्रले प्रहार गर्नसक्ने भएकाले चनाखो हुनुपर्ने छ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

कर्कट : दिन सामान्य छ। राम्रो काम गरे पनि जस अरुले लिने देखिन्छ। अचानक धन प्राप्त हुने योग छ। परिवारमा भने विश्वासको अभाव हुनसक्छ। सकेसम्म पेय पदार्थबाट अलग रहनु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। बोलीको प्रभाव समाजमा रहने छ। शनिदेवको छाया परेकाले अन्य धेरै काममा अवरोध हुनसक्छ। पिपलको दर्शन गरेर कामको सुरुवात गरेमा दैनिकी सहज हुनेछ।

कन्या : यात्रा राम्रो छ। नाम, दाम र इनाम सबै अनुकुल छन्। नयाँ ठाउँको भ्रमण हुनेछ। पुराना साथीसँग भेट हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र शैक्षिक क्षेत्रको लगानीबाट सफलता हात लाग्ने योग छ। राजनीतिमा मानसम्मान प्राप्त हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ।

वृश्चिक : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

धनु : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा अब्बल रहने योग छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा अगाडि बढ्न बाधा देखिन्छ। हनुमानको चिन्तन गरेर अगाडि बढेमा समस्या समाधान हुनसक्छन्। परिवारमा मिलाप हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। आफ्नो व्यवहारका कारण आफन्त टाढा हुने योग छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। परिवारमा खटपट आउने भएकाले धेरै बहस नगर्नु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छैन। जतासुकै बाधा देखिन्छ। शनिदेवको छायाको योग रहेकाले जन्मकुण्डली अनुसार ३, ६ र ११ औं स्थानमा शनिको बास भए उन्नति र प्रगतिसमेत हुनसक्छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

मीन : शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। शिक्षाको व्यापार भए फाइदा हुन्छ। जुनसुकै काम गरे पनि नयाँ ढंगले गर्नु राम्रो हुन्छ। काम गर्ने शैली परिवर्तन गरेमा उपलब्धि हात लाग्नेछ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ११ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न