आज २०८० साल पुस १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १५ गते आइतबारको राशिफल


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १५ गते आइतबार तदनुसार सन् २०२३ डिसेम्बर ३१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कमाउने योग छ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ। उत्तर तर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। नयाँ साथीसँग भेट हुँदा मन खुशी हुनेछ। आफूले गरेका कामको प्रशंसा हुने योग छ। परिवारमा खटपटी बढ्ने हुनसक्छ।

मिथुन : तपाईंका हरेक क्षेत्र सबल छन्। पुरानो इख बोक्ने मित्रले प्रहार गर्नसक्ने भएकाले चनाखो हुनुपर्ने छ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

कर्कट : दिन सामान्य छ। राम्रो काम गरे पनि जस अरुले लिने देखिन्छ। अचानक धन प्राप्त हुने योग छ। परिवारमा भने विश्वासको अभाव हुनसक्छ। सकेसम्म पेय पदार्थबाट अलग रहनु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। बोलीको प्रभाव समाजमा रहने छ। शनिदेवको छाया परेकाले अन्य धेरै काममा अवरोध हुनसक्छ। पिपलको दर्शन गरेर कामको सुरुवात गरेमा दैनिकी सहज हुनेछ।

कन्या : यात्रा राम्रो छ। नाम, दाम र इनाम सबै अनुकुल छन्। नयाँ ठाउँको भ्रमण हुनेछ। पुराना साथीसँग भेट हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र शैक्षिक क्षेत्रको लगानीबाट सफलता हात लाग्ने योग छ। राजनीतिमा मानसम्मान प्राप्त हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ।

वृश्चिक : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

धनु : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा अब्बल रहने योग छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा अगाडि बढ्न बाधा देखिन्छ। हनुमानको चिन्तन गरेर अगाडि बढेमा समस्या समाधान हुनसक्छन्। परिवारमा मिलाप हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। आफ्नो व्यवहारका कारण आफन्त टाढा हुने योग छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। परिवारमा खटपट आउने भएकाले धेरै बहस नगर्नु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छैन। जतासुकै बाधा देखिन्छ। शनिदेवको छायाको योग रहेकाले जन्मकुण्डली अनुसार ३, ६ र ११ औं स्थानमा शनिको बास भए उन्नति र प्रगतिसमेत हुनसक्छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

मीन : शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। शिक्षाको व्यापार भए फाइदा हुन्छ। जुनसुकै काम गरे पनि नयाँ ढंगले गर्नु राम्रो हुन्छ। काम गर्ने शैली परिवर्तन गरेमा उपलब्धि हात लाग्नेछ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ११ बजे

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर

विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष

राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र

काठमाडौं– नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य