आज तमु ल्होसारको सार्वजनिक बिदा « Khabarhub

आज तमु ल्होसारको सार्वजनिक बिदा


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् ।

गुरुङ्ग समुदायको नयाँ वर्ष
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो ।

वर्षभर तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि–ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

यो वर्ष चाँहि गिद्ध (मि–ल्हो) को वर्ष रहने
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने तमु वर्षमा गिद्ध (मि–ल्हो) वर्ग रहनेछ ।

तमु गुरुङ परम्पराअनुसार गुरुङ पुरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गर्दै ल्होसार मनाउने चलन रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ५२ बजे

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन