नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै « Khabarhub

नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा भोलि (पौष १६) को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष  पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पुस १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय गरेको थियो । जसमा अवसरबाट वञ्चित र प्रतिष्ठितलाई समेट्ने तथा समावेशी प्रतिनिधित्व गराउने निर्णय भएको छ ।

बैठकले सरकारलाई काममा सुधार आवश्यक रहेको निष्कर्षसहित सुशासन र जनअपेक्षाअनुसार काम गर्न सुझाव समेत दिएको छ । यस्तै, भ्रातृ संस्थाहरूको ६ महिना म्याद थप गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गराउने निर्देशन थिएको छ ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ३७ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले