चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउँछ : प्रदेशप्रमुख गुरुङ « Khabarhub

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउँछ : प्रदेशप्रमुख गुरुङ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताएका छन् ।

गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उनले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।

प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३० बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप