धरानमा मनाइयो कविशिरोमणि पौड्यालको जन्मजयन्ती « Khabarhub

धरानमा मनाइयो कविशिरोमणि पौड्यालको जन्मजयन्ती


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

धरान– कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको छ ।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको  कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उनले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए ।

कार्यक्रमका अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको बताए ।

त्यस्तै अर्का अतिथि प्राडा गोपाल भण्डारीले नेपाली साहित्यका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाएको बताए । उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएको उनको भनको भनाइ छ ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १२ : ०२ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका