राष्ट्रियसभामा कांग्रेसको मापदण्ड : लामो समय काम गरेर अवसर नपाएकालाई प्राथमिकता « Khabarhub

राष्ट्रियसभामा कांग्रेसको मापदण्ड : लामो समय काम गरेर अवसर नपाएकालाई प्राथमिकता


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न मापदण्ड बनाएको छ ।

कांग्रेसले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने मापदण्ड बनाएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

उनले खबरहबलाई भने, ‘यो पटक राष्ट्रियसभामा कांग्रेसका नयाँ अनुहार आउने छन् । सात प्रदेशबाट आएको नाम हेर्दा पुराना भन्दा नयाँ बढी हुनुहुन्छ । मिलाएर बढी नयाँ साथीहरूलाई पालो दिउँ भन्ने सबैको चाहना छ ।’

पार्टीकी अर्की सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार यो पटक सभापति देउवा पनि नयाँ मान्छे र अवसर नपाएका मान्छेलाई अवसर दिने पक्षमा रहेको बताउँछिन् । उनले भनिन्, ‘हामी सबैका चाहना अनुसार नै यसको पक्षमा मापदण्ड बनाइएको छ ।’

बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक हिजो सम्पन्न भएको थियो । सो बैठकमा ९ वटा निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ ।

अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय भएको उनको भनाइ छ ।

बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । यस्तै, माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रियसभाका लागि हालसम्म सात प्रदेशबाट ६ सयको हाराहारीमा नाम आएको बताए ।  उनले नाम आउने क्रम जारी भएको समेत खबरहबलाई बताए । उनले भने, ‘नामहरूको त चाङ नै छ । आउने क्रम जारी छ ।’

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १२ : ४२ बजे

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध