राष्ट्रियसभामा कांग्रेसको मापदण्ड : लामो समय काम गरेर अवसर नपाएकालाई प्राथमिकता | Khabarhub Khabarhub

राष्ट्रियसभामा कांग्रेसको मापदण्ड : लामो समय काम गरेर अवसर नपाएकालाई प्राथमिकता


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न मापदण्ड बनाएको छ ।

कांग्रेसले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने मापदण्ड बनाएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

उनले खबरहबलाई भने, ‘यो पटक राष्ट्रियसभामा कांग्रेसका नयाँ अनुहार आउने छन् । सात प्रदेशबाट आएको नाम हेर्दा पुराना भन्दा नयाँ बढी हुनुहुन्छ । मिलाएर बढी नयाँ साथीहरूलाई पालो दिउँ भन्ने सबैको चाहना छ ।’

पार्टीकी अर्की सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार यो पटक सभापति देउवा पनि नयाँ मान्छे र अवसर नपाएका मान्छेलाई अवसर दिने पक्षमा रहेको बताउँछिन् । उनले भनिन्, ‘हामी सबैका चाहना अनुसार नै यसको पक्षमा मापदण्ड बनाइएको छ ।’

बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक हिजो सम्पन्न भएको थियो । सो बैठकमा ९ वटा निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ ।

अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय भएको उनको भनाइ छ ।

बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । यस्तै, माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रियसभाका लागि हालसम्म सात प्रदेशबाट ६ सयको हाराहारीमा नाम आएको बताए ।  उनले नाम आउने क्रम जारी भएको समेत खबरहबलाई बताए । उनले भने, ‘नामहरूको त चाङ नै छ । आउने क्रम जारी छ ।’

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १२ : ४२ बजे

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ