कांग्रेसको ११ बुँदे निर्णय : भातृ संस्थाको म्याद ६ महिना थपिने (पूर्णपाठ) « Khabarhub

कांग्रेसको ११ बुँदे निर्णय : भातृ संस्थाको म्याद ६ महिना थपिने (पूर्णपाठ)


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ११ बुँदे निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार बेलुका सम्पन्न बैठकले पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।

कांग्रेसले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यावधि ६ महिना थप गर्ने निर्णय गरिएको जानकारी  दिइयो ।

संविधान कार्यान्वयनले नै अहिले देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक समस्याहरु हल गर्न सक्ने कांग्रेस बैठकको निष्कर्ष छ । यसका लागि बाह्रबुँदे समझदारी र वृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्ष कांग्रेसले निकालेको छ ।

यसका लागि बैठकले सबैसँग साझा सहमतिका लागि अपीलसमेत गरेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरु मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरुलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको छ ।

आगामी फागुन ७ देखि १० सम्म हुने भनिएको महासमिति बैठकको मितिलाई कांग्रेस केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख प्रकट गर्दै कांग्रेस बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाइनुपर्ने कांग्रेस बैठकको ठहर छ । स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्ने र आकर्षक गन्तव्य भएका देशमा रोजगारीको क्षेत्र विस्तार गर्न सके युवामा देखिएको बेरोजगारी हट्ने कांग्रेसको निश्कर्ष छ ।

कांग्रेसले संघीयता कार्यान्वयन सम्बन्धी कानुन बनाउन, सहकारी पीडितलाई न्याया दिन तथा सामान्य ज्याला मजदुरी गर्ने तथा व्यापार व्यवसाय गर्नेहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
कांग्रेस बैठकले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ नस्ता भातृसंस्थाहरुको अवधि समाप्त भएकाले ६ महिनाभित्र अधिवेशन सक्ने गरी म्याद थप्ने निर्णय गरेको छ ।

त्यसैगरी कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन एक केन्द्रीय संयन्त्र बनाउने निर्णय पनि नेपाली कांग्रेसले गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरु-

 

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ०२ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार