स्वास्थ्य बीमा : बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने | Khabarhub Khabarhub

स्वास्थ्य बीमा : बीमितलाई सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा रेफर गर्नुपर्ने


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवासम्बन्धी कार्यविधि जारी गरेको छ ।

शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ ।

आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने, दाबी व्यवस्थापन शाखा र सूचना शाखाका कर्मचारीहरूले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाइने भनिएको छ ।

त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नुअघि सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्ने, सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता, आचरण र सामाजिक मर्यादा विपरीतका कार्यहरू गराउन नहुने पनि भनिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा तीनै तहका सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरीतको कुनै टिप्पणी गर्न वा लाइक गर्न नहुने विषय समेत आचारसंहितामा समेटिएको छ ।

औपचारिक कार्यक्रम समयमै सुरु गर्न, अनौपचारिक कार्यक्रम सञ्चालन गर्दा आधा घण्टाभित्र उद्घाटन र समापन गरिसक्न, बैठकको समय १ घण्टा कायम गर्न, बोर्डमा आएका जुनसुकै फाइलको बारेमा तीन दिनभित्र निर्णय दिन र नसक्ने भए त्यसको कारण खुलाउन भनिएको छ । यस्तै, आचारसंहिता पालन भए÷नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य बीमा बोर्डले गर्ने बताइएको छ ।

नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्नेछ । यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनःजाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : १९ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको