बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन « Khabarhub

बालकुमारी घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समितिको नेतृत्वमा विभिन्न माग राख्दै युवाहरुले वीरेन्द्रनगरमा टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले घटनाको छानिबन गरि दोषीलाई कारवाही गर्नुपर्ने, मृत्यु भएका युवाहरुलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आफूहरुको माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले जनाएका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस कार्यालय अगाडी भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : २० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज