चितवनमा तमू ल्होसार मनाइयो  « Khabarhub

चितवनमा तमू ल्होसार मनाइयो 


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनका गुरुङ समुदायले पनि तमू ल्होसार पर्व धूमधामका साथ मनाएका छन् ।  पुष १५ मा गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई आगमन गराउने परम्परा रहेको छ ।

गुरुङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । ल्होसार पर्व मनाउन चितवनको तिनखोले गुम्बामा गुरुङ समुदायका उल्लेख्य उपस्थिति रहेको थियो ।

गुरुङ समुदायका विभिन्न उमेर महिला पुरुषहरू आ-आफ्नो भेषभुषामा सजिएर आएका थिए ।

१४ गते राती १२ बजे पछि बिरालो बर्गलाई बिदाइ गरेर गरुड बर्गलाई नाच गान र दीप प्रज्वलन गरेर स्वागत गर्ने परम्परा रहेको तमू ह्युल छोज् धी राष्ट्रिय परिषद् बागमती प्रदेश प्रमुख गणेश बहादुर गुरुङले बताए ।

उनले ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्वको रूपमा रहेको र नयाँ बर्को अवसरमा गुम्बा धार्मिक स्थलहरू र घर घरमा भेला भएर विशेष कार्यक्रमको साथ मनाउने गरेको बताए ।

ल्होसार पर्व गुरुङ समुदायको आफ्नो भाषा भेषभुषाको संरक्षण गर्नको लागि पनि यो माध्यम भएको र भावी सन्ततिहरू लाई आकर्षित गर्नको लागी ल्होसारमा विविध कार्यक्रमहरू गरिँदै आएको उनले बताए ।

बागमती प्रदेश प्रमुख गुरुङले ल्होसार आर्थिक धार्मिक र सामाजिक दृष्टिकोणबाट पनि महत्त्व पूर्ण चाड रहेको बताए । ल्होसार पर्व गुरुङ समुदायको लोप हुन लागेको संस्कार संस्कृति भाषाको जगेर्ना गर्ने पर्वको रूपमा रहेको तमू समुदायका विक्रम तमूले बताए ।

चितवनका गुरुङ समुदायले पुष १३, १४ र १५ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरेर ल्होसार पर्व मनाउने गरेका छन् । ल्होसार पर्वको सांस्कृतिक महत्त्व भए पनि युवाहरू बिदेशीने क्रमले गुरुङ समुदायको मौलिक संस्कृति लोप हुन नदिन चुनौती रहेको पत्रकार तुलमान गुरुङले बताए ।

ल्होसारको अवसरमा तमू ह्युल छोज् धी गुरुङ राष्ट्रिय परिषद् महाबौद्ध गुम्बा तिनखोले चितवनले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार