गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक : महामन्त्री थापा « Khabarhub

गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक : महामन्त्री थापा


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गरे ।

सांसद शिशिर खनालले कोरोनापछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय आशा जगाएको बताउँदै यसलाई निरन्तरता दिनेगरी कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गरे।

सांसद गोकर्ण विष्टले भारत र चीनका पर्यटकलाई भित्र्याउने सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने बताए । सांसद माधव सापकोटाले पर्यटन क्षेत्रको समग्र विकासका लागि दलहरुबीच एकताबद्ध हुन आवश्यक रहेको बताए ।

मुख्यसचिव बैकुण्ठ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतले पर्यटन क्षेत्रको विकास र हवाई क्षेत्रको विकासका लागि सरकारले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गरे ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन विकासका लागि परिषद्ले लामो समयदेखि काम गर्दै आएको उल्लेख गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ५६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ