शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री यादव « Khabarhub

शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री यादव


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बारा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् ।

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सङ्घले शिक्षा क्षेत्रको अधिकार नदिए पनि आफूले प्रदेश सरकारमार्फत शिक्षामा लागनी गरिरहेको बताए ।

बाराका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा रामराजाको अग्रणी भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले अझै गुणस्तरीय शिक्षा प्रवाह गर्न क्याम्पसको जनशक्तिसहित बजेट प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेस प्रदेशसभा सदस्य महम्मद समीरले क्याम्पसको उन्नति र प्रगतिका आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाले गरीबका छोराछोरीको उच्च शिक्षाका लागि स्थापना गरिएको क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको गुनासो गरे । हाल एक हजार चार सय विद्यार्थी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : २५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली