पुस १५ मा देउडाको रौनक « Khabarhub

पुस १५ मा देउडाको रौनक


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कर्णाली – पछिल्लो समयमा देउडा खेलका सबैको आकर्षण बढ्दै गएको छ । विभिन्न समयमा लाग्ने मेला पर्व, विवाह, व्रतबन्ध, न्वारन, छैटी, जीत तथा शुभकार्यजस्ता अवसर पर्दा ग्रामीण क्षेत्रमा खेलिने देउडा अहिले सहरमा पनि खेल्न थालिएको छ ।

नयाँ पिढीं पनि अहिले देउडाप्रति आफ्नो चासो देखाउन थालेको छ । मानव जीवनका समग्र पक्ष समेटेर गीत र शारीरिक हाउभाउका माध्यमबाट व्यक्त गरिने देउडाले सुख–दुःख, हाँसो–आँसु, प्रेम–घृणा, विरहलगायत मानवीय संवेगात्मक भावनाबारे स्पष्ट्याउँछ । यसले समाजमा भइरहेका विकृति, विसङ्गति, नवीन काम, अवस्था र परिवेशका बारेमा पनि बोल्दछ । नबुझ्नेले यसप्रति कुनै सरोकार राख्दैनन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिगत पाँच वर्षदेखि एउटा संस्कार बसेको छ जहाँ हरेक महिनाको १ र १५ गते अनिवार्य देउडा खेलिन्छ । त्यसैगरी आज पनि वीरेन्द्रनगरमा यहाँका देउडा पारखीहरुले देउडा खेलेर पुस पन्ध्र मनाए । कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने सङक्रान्ति पर्व’ मा सार्वजनिक बिदाको सुविधा दिए पनि महिनाको दुई दिन यहाँ देउडा अनिवार्य जस्तै भएको छ ।

सांस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको देउडा कर्णालीको हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेखमा कतै पुरुष–पुरुष त कतै महिला–पुरुष दुईतर्फ गोलो आकारमा गीत गाउँदै शारीरिक रुपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतःस्फूर्त रुपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन ।

कर्णाली देउडा समाज जुम्लाका अध्यक्षसमेत रहनुभएका सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने यो देउडा एउटा विधा एवं साहित्य भएको बताए ।

सङ्गीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उनले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताउनुभयो । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले बिगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविष्यको दृष्टिगत गराउँछ ।

कर्णाली देउडा समाज जुम्लाका सचिव कर्ण बुढ्थापाले सुख–दुःख, हाँसो–आँसु, खुशी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिने भएकाले कर्णालीमा यो लोकप्रिय हुँदै गएको बताए । हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ”, सचिव बुढ्थापाले भने , “यो मानव जीवनको दर्पण हो ।”

जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले राजधानी सुर्खेतमा दिनभर देउडा खेल्ने र आज सबैभन्दा लामो रात मानिने पुस पन्ध्रमा मिठा–मिठा परिकार खाने एवं नतसुतेर रात बिताउने प्रचलन रहेको बताए । परम्परागतरुपमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा खेलिने देउडा संस्कृति अन्य सभा, सेमिनार गोष्ठी जस्तो महंगो र खर्चिलो नभएको स्थानीयले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ३७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ