सबै जातजाति र धर्मको सम्मान गर्नुपर्छ : धनराज गुरुङ « Khabarhub

सबै जातजाति र धर्मको सम्मान गर्नुपर्छ : धनराज गुरुङ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्।

तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताए ।

एउटा धर्म र एउटा जातिले अर्को धर्म र जातिलाई सम्मान र आदर गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले भने, ‘हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैन । अरु जातिलाई होच्याउन हुँदैन ।’ मन्त्री गुरुङले विविधता नेपालको गहना र सम्पत्ति भएको उल्लेख गरे ।

मन्त्री गुरुङले हरेक जातिले आफ्नो भाषाको परिस्कृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको हरेक आन्दोलनमा गुरुङलगायत सबै जातजातिको महत्त्वपूर्ण भूमिका छ । सबै जातजातिबीच एकता हुनुपर्छ ।’

मन्त्री गुरुङले मिहिनेत नगर्ने तर नेपालको उच्च पदमा गुरुङको प्रतिनिधित्व भएन भनेर मात्रै गुनासो नगर्न आग्रह गरे । उनले भने, ‘मिहिनेत गरेमा गुरुङ पनि नेपालको राजनीति र कर्मचारीतन्त्रको उच्च ठाउँमा पुग्न सक्छन् ।’

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य सरिता गुरुङले सबै जातजातिले समान हक अधिकार पाउने संविधानमा उल्लेख भएपनि कार्यान्वयन नभएको गुनासो गरे । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संस्कृति बचाउने अभियानमा गुरुङको सहयोग रहँदै आएको बताए ।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष सुजित हिराचनले गुरुङ समुदायले देशका लागि पु¥याएको योगदान उदाहरणीय रहेको बताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गुरुङ जाति कला र संस्कृतिमा धनी रहेको चर्चा गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ४५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित