इजरायलमा इरानको मिसाइल हमला सुरु « Khabarhub

इजरायलमा इरानको मिसाइल हमला सुरु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै इरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।

यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न भनेको छ ।

सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको छ । साथै, मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयासमा आफूहरू लागेको पनि जनाएको छ ।

इरानले प्रहार गरेका मिसाइल यतिखेर इजरायलको आकाशमा देखिएका छन्‌ । जेरुसेलमस्थित बीबीसीको मध्यपूर्व ब्यूरोका पत्रकारहरूले पनि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ ।

केही समयअघि इजरायलको ठूलो शहर तेलअभिभमा गोलाबारीको आवाज सुनिएको थियो । स्थानीय प्रहरी अधिकारीहरूले सो घटनामा कयौँ मानिस हताहत भएको जनाएका थिए ।

यतिखेर इजरायलले इरानसमर्थित लडाकु समूह हमास, हिज्बुल्लाह र हुथीविरुद्ध आक्रमण गरिरहेको छ ।

यसअघि अमेरिकी गुप्तचर निकायले इजरायलमा जतिसुकै बेला ईरानले मिसाइल हमला गर्नसक्ने सूचना आफूले पाएको जनाएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया