अन्तर्राष्ट्रिय

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल

By खबरहब

October 01, 2024

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा मिसाइल दागेको छ ।

तेलअभिभमा रहेको एक इजरायली सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको हिज्बुल्लाहले जनाएको हो ।

टेलीग्राममा एक भिडियो पोस्ट गर्दै हिज्बुल्लाहले शहरको बाहिरी क्षेत्रमा रहेको डोव एअरबेसलाई निशाना बनाएको दाबी गरेको छ ।

यसअघि कयौं समाचार एजेन्सीले ईरानले इजरायलविरुद्ध मिसाइल प्रहार तयारी गरेको सङ्केत अमेरिकाले पाएको समाचार प्रकाशन गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता डेनियल हागरीले अहिलेहाल ईरानबाट कुनै पनि हवाई खतराबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्‌ ।

यसअघि इजरायली सेनाले लेबनानको बेरूतमा पुनः हमला गर्नसक्ने जनाएको थियो ।