‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय « Khabarhub

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको फेसबुक पेजबाट मङ्गलबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

लेबनानमा सक्रिय हिजबुल्लाह कट्टरपन्थी सशस्त्र समूहविरुद्ध इजरायलले हालै ठूलो आकारको आक्रमण थालेको छ । हवाई हमलामा हिज्बुल्लाहका शीर्ष कमाण्डर हसन नसरुल्लाह लगायत शीर्ष कमाण्डर मारिइसकेका छन् ।

त्यसपछि पनि इजरायलले लगातार आक्रमण गरिरहेकाले लेबनानमा रहेका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ । परराष्ट्र मन्त्रालयले चाहिँ लेबनानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीलाई अधिकतम सतर्कता र सचेतना अपनाउन पनि आग्रह गरेको छ ।

तत्काल थप सहयोग आवश्यक परे नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालय काठमाडौंमा सम्पर्क गर्न मन्त्रालयले फोन नम्बर र इमेल पनि उपलब्ध गराएको छ ।

अधिकांश मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न अनुरोध गरिरहँदा नेपालको परराष्ट्र मन्त्रालयले भने त्यहाँ सबै नेपाली सुरक्षित रहेका दाबी गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिः

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : १२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल