कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन | Khabarhub Khabarhub

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच ५२ वटा कविता समेटिएको संग्रह सार्वजनिक गरिएको हो ।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको वक्ताहरूले बताएका छन्‌ । विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए । कवि ज्योति जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए ।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुचि राख्दथे । साहित्यमा विशेष रुचि रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फत पाठकसामू ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो । पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने उनले बताए ।

कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए । कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए । प्रकाशक सांग्रिला बुक्स रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ०३ बजे

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन आवश्यक : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडक सुचारु

बागमती– त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ  खण्डमा आज बिहानदेखि यातायातका साधन

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

काठमाडौं– नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र

नवरात्रमा पनि सुनसान पाथीभरा, बाढी र पहिराले राजमार्ग अवरुद्ध हुँदा घटे दर्शनार्थी

ताप्लेजुङ– हरेक वर्ष नवरात्रमा सँधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान