आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, विभिन्न दलका शीर्ष नेतालाई निम्तो | Khabarhub Khabarhub

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, विभिन्न दलका शीर्ष नेतालाई निम्तो


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।

कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।

कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

तर, राप्रपा, रास्वपालगायत दललाई भने बोलाइएको छैन । कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकाले केही दल छुटेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएका थिए ।

२०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए । तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किएका थिए ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : २६ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका