आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, विभिन्न दलका शीर्ष नेतालाई निम्तो « Khabarhub

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, विभिन्न दलका शीर्ष नेतालाई निम्तो


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।

कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।

कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

तर, राप्रपा, रास्वपालगायत दललाई भने बोलाइएको छैन । कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकाले केही दल छुटेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएका थिए ।

२०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए । तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किएका थिए ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : २६ बजे

कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित

काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई

आफूविरुद्ध भ्रम फैल्याइएको भन्दै गगन थापाको आपत्ति

काठमाडौं- फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

कर्णाली– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान

सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते