इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध « Khabarhub

इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २–१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो ।

यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै आर्सलनले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फुलहमसँग २–१ गोलको हार खान पुग्यो ।

यो खेलपछि २० खेलबाट फुलहम २४ अंकका साथ १३औँ स्थानमा रहेको छ भने ४० अंक भएको आर्सनल चौथो स्थानमा छ ।

यो खेल जितेको अवस्थामा आर्सनललाई शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । शीर्षस्थानमा रहेको लिभरपुलको ४२ अंक छ । यस्तै, दोस्रो स्थानको एस्टन भिल्लाको पनि ४२ अंक नै छ ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ५० बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग