मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी, बालकुमारी घटनामा छानबिन आयोग गठनको तयारी « Khabarhub

मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी, बालकुमारी घटनामा छानबिन आयोग गठनको तयारी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको गोलिकाण्ड घटनामा उच्चस्तरीय छानबिन आयोग गठनको निर्णय गर्ने बुझिएको छ ।

यस घटनामा पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले हिजो गठबन्धन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका थिए ।

बालकुमारी घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो । सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने यसअघि नै निर्णय गरिसकेको छ ।

यसअघि घटना भएकै दिन घटनासम्बन्धी छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो ।

यो पनि पढ्नुहोस् :
बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०७ बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण