तरुल खोज्न गएका युवाको हत्या | Khabarhub Khabarhub

तरुल खोज्न गएका युवाको हत्या


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए ।

तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिवीको कारण रिजालमाथि हतियार प्रयोग गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : २२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’