स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु « Khabarhub

स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

बाँके– स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त स्कार्पियोको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ३१ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले