सर्त हारेर जुरेको अक्षय–ट्विंकलको विवाह | Khabarhub Khabarhub

सर्त हारेर जुरेको अक्षय–ट्विंकलको विवाह


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडको लोकप्रिय जोडी मध्ये एक हो– अक्षय–ट्विंकल । अभिनेता अक्षय र ट्विंकल खन्नाको बिहे २२ वर्षअघि भएको हो । उनीहरूका दुई सन्तान छन्– एक छोरा र एक छोरी ।

ट्विंकलको परिवार फिल्मी पृष्ठभूमिको हो । उनका बुबा राजेश खन्ना निर्देशक, निर्माता र कलाकार हुन् भने आमा डिम्पल कपाडिया नायिका हुन् । अक्षय सामान्य परिवारमा जन्मिएर बलिउडमा आएका हुन् ।

ट्विंकलसँग अक्षयको भेट भने फिल्ममा आएर स्थापित भइसकेपछि भएको हो । एक अन्तर्वार्तामा अक्षयले बताएअनुसार उनीहरूको पहिलो भेट ‘फिल्म फेयर’को फोटो सुटको दौरानमा भएको हो । पहिलो भेटमै उनले ट्विंकललाई मन पराएका थिए । त्यसबेला अक्षयले बलिउडमा ‘खेलाडी’को परिचय पाइसकेका थिए ।

तर यी दुई कलाकार सन् १९९९ मा प्रदर्शनमा आएको फिल्म ‘इन्टरनेशलन खिलाडी’को सुटिङ्गको दौरानमा नजिएका हुन् । सुटिङ्ग नसकिँदै उनीहरु प्रेम सम्बन्धमा बसेका थिए । ट्विंकल पहिलो प्रेम सम्बन्ध बिछोड भएको तनावबाट निस्किन खोजिरहेको बेला उनले अक्षयको साथ पाएकी थिइन् ।

अक्षयले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरे । तर अक्षयको नाम अर्कै अभिनेत्रीसँग जोडिएपछि ट्विंकलले इन्गेजमेन्ट गर्न मानिन् बरु सर्त अघि सारिन् ।

के थियो सर्त ?
इन्टरनेसनल खेलाडीको सुट पछि ट्विंकल अर्को फिल्ममा व्यस्त भइन् । ‘मेला’ फिल्ममा उनी अमिर खानसँग सहकार्य गर्दै थिइन् । सन् २००० मा प्रदर्शनमा आएको यो फिल्मलाई निर्माताहरूले सुपरहिट बन्ने आँकलन गरेका थिए ।

सोही फिल्मको सुटिङ्गको क्रममा अक्षयले ट्विंकललाई इन्गेजमेन्टका लागि फकाइरहेका थिए । तर उनले हुन्छ भनिनन्, बरु एउटा सर्त अघि सारिन् ।

ट्विंकलले एक अन्तर्वार्तामा बताएअनुसार उनले अक्षयसँग राखेको सर्त थियो– ‘मेला’ फिल्म फ्लप भएको अवस्थामा बिहे गर्छु नभए हिट भयो भने अर्को फिल्म गर्छु । सो फिल्म हिट हुने विश्वासका कारण आफूले सो सर्त राखेको उनले खुलेर बताउने गरेकी छिन् ।

तर मेला फ्लप बन्यो । ट्विंकल विवाहका लागि तयार भइन् । भारतीय मिडिया एनडी टीभीकाअनुसार ट्विंकलकी आमा डिम्पललाई ‘अक्षय तेस्रो लिङ्गी हुन् कि भन्ने शंका’ भएका कारण तत्काल विवाह भएन । डिम्पलको सल्लाहअनुसार अक्षय र ट्विंकल एक वर्ष ‘लिभिङ’मा बसे अनि मात्रै विवाह गरे ।

त्यसपछि उनीहरूले सन् २००१ मा आफ्नो धर्म–संस्कृति अनुसार लगनगाँठो कसेका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १ : ०४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’