सर्त हारेर जुरेको अक्षय–ट्विंकलको विवाह « Khabarhub

सर्त हारेर जुरेको अक्षय–ट्विंकलको विवाह


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडको लोकप्रिय जोडी मध्ये एक हो– अक्षय–ट्विंकल । अभिनेता अक्षय र ट्विंकल खन्नाको बिहे २२ वर्षअघि भएको हो । उनीहरूका दुई सन्तान छन्– एक छोरा र एक छोरी ।

ट्विंकलको परिवार फिल्मी पृष्ठभूमिको हो । उनका बुबा राजेश खन्ना निर्देशक, निर्माता र कलाकार हुन् भने आमा डिम्पल कपाडिया नायिका हुन् । अक्षय सामान्य परिवारमा जन्मिएर बलिउडमा आएका हुन् ।

ट्विंकलसँग अक्षयको भेट भने फिल्ममा आएर स्थापित भइसकेपछि भएको हो । एक अन्तर्वार्तामा अक्षयले बताएअनुसार उनीहरूको पहिलो भेट ‘फिल्म फेयर’को फोटो सुटको दौरानमा भएको हो । पहिलो भेटमै उनले ट्विंकललाई मन पराएका थिए । त्यसबेला अक्षयले बलिउडमा ‘खेलाडी’को परिचय पाइसकेका थिए ।

तर यी दुई कलाकार सन् १९९९ मा प्रदर्शनमा आएको फिल्म ‘इन्टरनेशलन खिलाडी’को सुटिङ्गको दौरानमा नजिएका हुन् । सुटिङ्ग नसकिँदै उनीहरु प्रेम सम्बन्धमा बसेका थिए । ट्विंकल पहिलो प्रेम सम्बन्ध बिछोड भएको तनावबाट निस्किन खोजिरहेको बेला उनले अक्षयको साथ पाएकी थिइन् ।

अक्षयले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरे । तर अक्षयको नाम अर्कै अभिनेत्रीसँग जोडिएपछि ट्विंकलले इन्गेजमेन्ट गर्न मानिन् बरु सर्त अघि सारिन् ।

के थियो सर्त ?
इन्टरनेसनल खेलाडीको सुट पछि ट्विंकल अर्को फिल्ममा व्यस्त भइन् । ‘मेला’ फिल्ममा उनी अमिर खानसँग सहकार्य गर्दै थिइन् । सन् २००० मा प्रदर्शनमा आएको यो फिल्मलाई निर्माताहरूले सुपरहिट बन्ने आँकलन गरेका थिए ।

सोही फिल्मको सुटिङ्गको क्रममा अक्षयले ट्विंकललाई इन्गेजमेन्टका लागि फकाइरहेका थिए । तर उनले हुन्छ भनिनन्, बरु एउटा सर्त अघि सारिन् ।

ट्विंकलले एक अन्तर्वार्तामा बताएअनुसार उनले अक्षयसँग राखेको सर्त थियो– ‘मेला’ फिल्म फ्लप भएको अवस्थामा बिहे गर्छु नभए हिट भयो भने अर्को फिल्म गर्छु । सो फिल्म हिट हुने विश्वासका कारण आफूले सो सर्त राखेको उनले खुलेर बताउने गरेकी छिन् ।

तर मेला फ्लप बन्यो । ट्विंकल विवाहका लागि तयार भइन् । भारतीय मिडिया एनडी टीभीकाअनुसार ट्विंकलकी आमा डिम्पललाई ‘अक्षय तेस्रो लिङ्गी हुन् कि भन्ने शंका’ भएका कारण तत्काल विवाह भएन । डिम्पलको सल्लाहअनुसार अक्षय र ट्विंकल एक वर्ष ‘लिभिङ’मा बसे अनि मात्रै विवाह गरे ।

त्यसपछि उनीहरूले सन् २००१ मा आफ्नो धर्म–संस्कृति अनुसार लगनगाँठो कसेका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १ : ०४ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय