हात्तीबाट जोगिन गाह्रो सीमा बस्तीका स्थानीयलाई  « Khabarhub

हात्तीबाट जोगिन गाह्रो सीमा बस्तीका स्थानीयलाई 


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छन् । साढे दुई दशकदेखि नेपाल-भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जंगली हात्ती नगट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छन् ।

‘छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए’, कमलाले भने, ‘होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।’

नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन् । ‘हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ’, सुनारले भने, ‘हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन् ।’

दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जंगली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताए । 

भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जंगल पर्छ । जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखे । ‘भारतीय जङ्गलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिए’, उनले भने, ‘हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन ।’

प्रायःबस्तीमा हात्तीको बथान आइरहने बताउँदै उनले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरूको दैनिकी बनेको सुनारको भनाइ छ । उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताए ।

‘दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ’, उनले भने, ‘हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन ।’ उनले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताए ।

त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १ : ३९ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का