बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । 

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताए । ‘मृतकका परिवारलाई जनही रु १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ’,उनले भने । मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना