सुशासनका लागि कांग्रेसको सरकार आवश्यक : शेखर कोइराला « Khabarhub

सुशासनका लागि कांग्रेसको सरकार आवश्यक : शेखर कोइराला


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोइरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन् । उनले माओवादी नेतृत्वको सरकारले ठूला-ठूला प्रकरणलाई निष्कर्षमा पुराउन नसकेकाले आफूले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको धारणा राखे  । 

कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवेशन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गरे ।

महाधिवेशनले पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उनको दावी छ । कोइरालाले कांग्रेसले निर्वाचन अघि लोकतान्त्रीक शक्तिहरूसँगै मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिस्टहरूसँग कुनैपनि अवस्थामा संगठित हुन नहुने बताए । 

उनले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभई सरकारकै कमजोरीका कारण घटेको तर्क गरे । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : १० बजे

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी