सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो | Khabarhub Khabarhub

सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् । 

सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि राउत, देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनकाअनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए । 

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरुले छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ३० बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र