सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो « Khabarhub

सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् । 

सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि राउत, देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनकाअनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए । 

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरुले छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ३० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड