कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरेका हुन्  । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पोखरेलले निर्वाचनलाई तीन वडा सुरक्षा घेरामा राखेर सुरक्षा व्यवस्था कडा बनाउने बताए । 

त्यस्तै निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सबै पक्षलाई आह्वान गरे । उनले स्वतन्त्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहने भन्दै १२ वटै राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै बैठक गरि छलफल गरिने जानकारी दिए । 

कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि शुरु हुने र निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेको उनले बताए ।  

आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल सकिदैछ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : १५ बजे

प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल

काठमाडौं – ‘म्याथ सिक्ने भए…’ भन्ने गीतले विवादमा परेको फिल्म

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक