जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा | Khabarhub Khabarhub

जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको  बताएका छन् । 

प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा मार्फत् ‘जापानले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए  । सम्बोधनमा जनसङ्ख्या घट्दै गएको विषय प्रति प्रतिक्रिया तथा संवैधानिक सुधारहरू समावेश गरिएको बताएका छन् । 

प्रधानमन्त्री किशिदाले नीति प्रवद्र्धनमा राजनीतिक स्थिरता आवश्यक भएको उल्लेख  गरेका छन् । सामाजिक आर्थिक क्षेत्रमा मूल्यवृद्धि पार गर्ने, ज्याला वृद्धि गर्ने प्रतिबद्धता  गरे । जापानले असहज मानसिकताबाट पूर्णतया मुक्त भई  अर्थतन्त्रको लागत कटौतीको माध्यमबाट यस वर्षबाट पूर्णतया सङ्कुचन मुक्त हुने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री  किशिदाले निरन्तर विकाससगै परिवर्तनलाई शक्तिमा परिणत गर्ने आगामी दिनमा अझ राम्रो हुने विषयमा सबै जनताले विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सन् २०२४ विश्वव्यापी मामिलाहरूको सन्दर्भमा, तनावको वर्ष हुनसक्ने आँकलन  गरेका छन् । उनले रूस–युक्रेन द्वन्द्व, गाजा द्वन्द्व, आगामी अमेरिकी राष्ट्रपति चुनावलगायतका महत्वपूर्ण घटनालाई  उद्धृत  गदै सन् २०२४ मा पनि आर्थिक संकट जारी रहनसक्ने  बताएका हुन् 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : २८ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा