जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा « Khabarhub

जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको  बताएका छन् । 

प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा मार्फत् ‘जापानले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए  । सम्बोधनमा जनसङ्ख्या घट्दै गएको विषय प्रति प्रतिक्रिया तथा संवैधानिक सुधारहरू समावेश गरिएको बताएका छन् । 

प्रधानमन्त्री किशिदाले नीति प्रवद्र्धनमा राजनीतिक स्थिरता आवश्यक भएको उल्लेख  गरेका छन् । सामाजिक आर्थिक क्षेत्रमा मूल्यवृद्धि पार गर्ने, ज्याला वृद्धि गर्ने प्रतिबद्धता  गरे । जापानले असहज मानसिकताबाट पूर्णतया मुक्त भई  अर्थतन्त्रको लागत कटौतीको माध्यमबाट यस वर्षबाट पूर्णतया सङ्कुचन मुक्त हुने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री  किशिदाले निरन्तर विकाससगै परिवर्तनलाई शक्तिमा परिणत गर्ने आगामी दिनमा अझ राम्रो हुने विषयमा सबै जनताले विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सन् २०२४ विश्वव्यापी मामिलाहरूको सन्दर्भमा, तनावको वर्ष हुनसक्ने आँकलन  गरेका छन् । उनले रूस–युक्रेन द्वन्द्व, गाजा द्वन्द्व, आगामी अमेरिकी राष्ट्रपति चुनावलगायतका महत्वपूर्ण घटनालाई  उद्धृत  गदै सन् २०२४ मा पनि आर्थिक संकट जारी रहनसक्ने  बताएका हुन् 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : २८ बजे

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्