सरकारले हामीमाथि विभेद गर्‍यो : सीके राउत « Khabarhub

सरकारले हामीमाथि विभेद गर्‍यो : सीके राउत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाएका छन ।

प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका राउत हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूले निषेधित क्षेत्र नतोडेको तर कला परिषदबाटै प्रहरीले धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको भन्दै छ भन्दै प्रश्न गरे ।

राउतले भने, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला ?’

अध्यक्ष राउतले सरकारले रङ्गभेदी कार्य गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०२ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत