हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु « Khabarhub

हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरू प्रदान गरी उनीहरूले सहयोग गरेको हो ।

भक्तपुरको चाँगुनाराण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरू जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको छे । 

दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा र तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले संयुक्त रुपमा सामानहरू हस्तान्तरण गरेका हुन् । 

अध्ययनमा कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पनि प्रयोग गरिने जनाइएको छ । विद्यार्थीलाई प्रेरणा दिइ उनीहरूबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेज काम थालेको कलेजले जनाएको हो । 

यसको लागि कलेजका प्रोफेसर दिनेशप्रसाद गुरागाँईका अध्यक्षतामा हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ । हावा इनर्जी परियोजना नामाकरण गरिएको यो परियोजनाका लागि कलेजका प्रोफेसर पाँच रहेका छन् । कलेजका विभिन्न विभागहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, एण्ड कम्युनिकेसनका एक-एकजना प्रोफेसरहरू सदस्य रहने गरी समिति गठन गरिएको हो । 

समूहका अध्यक्ष दिनेशप्रसाद गुरागाँईले जापानिजहरूको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए । यसअघि पनि यो प्रोजेक्ट रहेको भन्दै उनले यसलाई सफलतामा पुर्‍याई छाड्ने प्रतिवद्धता जनाए ।

यसका लागि कलेजमा अध्ययनरत विद्यार्थीलाई प्रयोग गरिने उनले जनाए । पहिलो चरणमा हामीले चाँगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँहरूमा हावाको गति नाप्ने काम गर्ने योजना छ, उनले भने, पछि देशका अन्य ठाउँहरूमा पनि गर्न सकिन्छ । 

यसका लागि चाँगुनारायण नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसबाट हावाको वेग नापिने छ । 

तीन दशकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले हावाबाट पनि बिजुली उत्पादन सम्भव रहेको बताए । यही सम्भावनाका कारण आफूहरूले नेपालमा २०७२ सालको महाभूकम्प पछाडिदेखि हरेक वर्ष आइ कलेजका विद्यार्थीलाई परामर्श दिने गरेको महर्जनले सुनाए । जापानमा प्रयोगमा रहेको यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा काम गर्न खोजिएको उनले जनाए । उनले भविष्यमा नेपालबाटै यो अध्ययन अनुसन्धान होस् भन्ने हेतुले आफूहरुले सहयोग गरिहेको बताए । उनका अनुसार जापानमा एक सेकेण्ड पनि कहिल्यै लोडसेडिंग हुँदैन । 

नेपालका विभिन्न ठाउँहरूमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको उनले जनाए । यही प्रायोजनका लागि जापानको जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा हाल महर्जनसहित नेपालमा छन् । महर्जन पनि तीन दसक अघिदेखि नै जापानमै छन् । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०३ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य