धरान उपमहानगरले ‘धरान उत्सव’ आयोजना गर्ने « Khabarhub

धरान उपमहानगरले ‘धरान उत्सव’ आयोजना गर्ने


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन् । 

उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ । 

पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र र्‍यालीले बजार परिक्रमा गरेपछि धरान–१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा उत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

 पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, लोकदोहोरी कार्यक्रम र वाकाथुन कार्यक्रम रहने छन् भने २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन तथा २४ गते रस्सीतान प्रतियोगिता, लगानी गोष्ठी आयोजना गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिएका छन् । उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ ।

कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरु आयोजना गरिने बताइएको छ । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०९ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा