विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनु पर्ने बताए ।

अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उनले भने, ‘गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।’

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।

यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिए ।

चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने बताए ।

विसं २०५४ पछि पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ठूलो सङ्ख्यामा स्वास्थ्य कर्मचारीको दरबन्दी थपिन लागिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्ने बताए । समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै उनले भने, ‘गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।’

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : २६ बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ