पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की « Khabarhub

पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार आयोजित प्रदेशसरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उनले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिए।

पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारण कायम गर्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुको सुझावअनुसार ऐनमा संशोधन गर्ने बताए ।

उनले पर्यटन व्यवसायी समेत सरकारको दूत रहेकाले संयुक्तरुपमा भारतको विहार, बङ्गालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिए ।

मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठ, होटल व्यवसायी सङ्घ प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था एवं राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिए।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ३४ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित