कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह | Khabarhub Khabarhub

कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन –कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको आज शुभारम्भ गर्दै उनले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिए । मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बताए ।

उनले भने, ‘सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवद्र्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु-याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरु छन्भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।’

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताए । उनले भने, ‘यहाँका सुन्तला निकै स्वादिष्ट छ, देशका विभिन्न बजारमा पुग्छ तर इच्छाकामनाको सुन्तला भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले इच्छाकामनाको सुन्तला भनेर चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । सुन्तला महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : १८ बजे

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

ललितपुर – सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को

संयमता अपनाउन इजराइललाई १३ मुलुकको आग्रह

रोम – परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार

सन्दीप प्रकरणमा नखुलेको रहस्य : करणी नै भएन या सहमतिमा भयो ?

काठमाडौं- विगत डेढ वर्षयता जबर्जस्ती करणीको मुद्दा खेपेका क्रिकेटर सन्दीप

टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा