आर्मीले जित्यो ‘बुकी कप’ भलिबलको उपाधि « Khabarhub

आर्मीले जित्यो ‘बुकी कप’ भलिबलको उपाधि


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

गण्डकी – राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्बले जितेको छ ।

पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्द्वारा बागलुङको गलकोटमा आयोजित सो प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–२ सेटमा पराजित गर्दै आमीले उपाधिसहित रु पाँच लाख पुरस्कार हात पारेको हो ।

प्रतियोगितामा आर्मीले पुलिससँग पहिलो, चौथो र पाँचौँ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरमा जित निकाल्दै प्रथम बुकी कपको उपाधि चुमेको हो । दोस्रो र तेस्रो सेटमा आर्मीलाई क्रमशः २५–२२ र २५–२१ को अन्तरमा पराजित गरेको पुलिस क्लबले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको पुलिस क्लबले कप र मेडलसहित रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठले उत्कृष्ट घोषित हुँदै रु २० हजार, उत्कृष्ट टोली प्रशिक्षक आर्मीका जगतबहादुर सिँहले रु १० हजार, उत्कृष्ट सेटर आर्मीका दुर्गा महतोले रु छ हजार र उत्कृष्ट स्पाइकर पुलिस क्लबका पहल गहतराजले रु छ हजार पुरस्कार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट ब्लकर पुलिसका सफल विकले रु छ हजार, उत्कृष्ट सर्भर पुलिसका रविन नगरकोटीले रु छ हजार र उत्कृष्ट लिबेरो आर्मी क्लबका ईश्वर थापाले रु छ हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिएको थियो ।

यही पुस ८ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टोलीले भाग लिएको प्रतियोगिताका संयोजक मोहन केसीले बताए ।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । सो अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ४८ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा