बलोचविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै एमनेस्टी इन्टरनेशनलको चिन्ता « Khabarhub

बलोचविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै एमनेस्टी इन्टरनेशनलको चिन्ता


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- बलोच समुदायका मानिसविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ ।

बलोचहरुले आयोजना गरेको र्‍यालीमा पाकिस्तानी सुरक्षाकर्मीले बल प्रयोग गरेकोप्रति एमनेस्टीले चिन्ता व्यक्त गरेको हो ।

राजधानी इस्लामावादतर्फ अघि बढेको बलोचहरुको र्‍यालीमा सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र अत्यधिक बल प्रयोग गरेको एमनेस्टीको ठहर छ । र्‍यालीबाट पक्राउ परेका आन्दोलनकरीलाई तत्काल रिहा गर्नसमेत एमनेस्टीले माग गरेको छ ।

एमनेस्टी इन्टरनेशनलको दक्षिण एसियाली विभागले सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै पक्राउ पर्नेमा महिला, वृद्ध र नाबालकहरु पनि रहेको र उनीहरुको स्वतन्त्रता, सुरक्षा र प्रदर्शन गर्ने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ ।

एमनेस्टीले पाकिस्तानको बलोचिस्तानमा हुँदै आएको गैरन्यायिक हत्या र जबरजस्ती बेपत्ता बनाउने घटनाको छानबिन गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै