बलोचविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै एमनेस्टी इन्टरनेशनलको चिन्ता « Khabarhub

बलोचविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै एमनेस्टी इन्टरनेशनलको चिन्ता


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- बलोच समुदायका मानिसविरुद्ध पाकिस्तान सरकारले बल प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ ।

बलोचहरुले आयोजना गरेको र्‍यालीमा पाकिस्तानी सुरक्षाकर्मीले बल प्रयोग गरेकोप्रति एमनेस्टीले चिन्ता व्यक्त गरेको हो ।

राजधानी इस्लामावादतर्फ अघि बढेको बलोचहरुको र्‍यालीमा सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र अत्यधिक बल प्रयोग गरेको एमनेस्टीको ठहर छ । र्‍यालीबाट पक्राउ परेका आन्दोलनकरीलाई तत्काल रिहा गर्नसमेत एमनेस्टीले माग गरेको छ ।

एमनेस्टी इन्टरनेशनलको दक्षिण एसियाली विभागले सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै पक्राउ पर्नेमा महिला, वृद्ध र नाबालकहरु पनि रहेको र उनीहरुको स्वतन्त्रता, सुरक्षा र प्रदर्शन गर्ने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ ।

एमनेस्टीले पाकिस्तानको बलोचिस्तानमा हुँदै आएको गैरन्यायिक हत्या र जबरजस्ती बेपत्ता बनाउने घटनाको छानबिन गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ४६ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०