बलिउडका महँगा बडिगार्ड « Khabarhub

बलिउडका महँगा बडिगार्ड


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका नायकहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन बडिगार्ड बिना सम्भव हुँदैन । उनीहरूलाई हजारौँ समर्थकले घेर्दा गन्तव्यमा पुर्‍याउने जिम्मेवारी बडिगार्डकै हुन्छ ।

बलिउडका धेरै कलाकारले लामो समयसम्म एकै बडिगार्ड राखेका छन् । उनीहरूलाई मासिक मोटो रकम तलब दिएर ती कलाकारले आफ्नो सुरक्षाका लागि राखेका छन् ।

शाहरुखका बडिगार्ड सबैभन्दा महँगा
शाहरुख खान सबैभन्दा बढी फ्यान फलोइङ भएका नायक हुन् । उनी धनी कलाकार पनि हुन् । उनलाई बडिगार्डको सहायताबिना बाहिर निस्कन सम्भव नै छैन भन्दा फरक पर्दैन ।

शाहरुखका बडिगार्डको नाम रवि सिंह हो । उनले सुरक्षा दिए वापत् शाहरुखबाट मासिक २५ लाख भारु तलब बुझ्छन् । अर्थात् शाहरुखले एउटै बडिगार्डका लागि वार्षिक तीन करोड खर्च गर्छन् । भारतीय मिडियाका अनुसार रवि नै बलिउडका महँगा बडिगार्ड हुन् ।

कसका बडिगार्डले कति लिन्छन् तलब ?
बलिउडका सेलिब्रेटी हुन् शेरा । सलमान खानलाई लामो समयदेखि सुरक्षा दिइरहेका शेराको मासिक तलब १५ लाख भारु हो ।

सुरक्षा दिए वापत् सलमानले शेरालाई वार्षिक दुई करोड तलब दिन्छन् । शेरा पछिल्लो २९ वर्षदेखि सलमानको साथमा छन् ।

त्यस्तै, अर्का नायक अमिर खानले पनि बडिगार्ड युवराज घोरपडेलाई मोटो रकम बुझाउँछन् । घोरपडेको वार्षिक तलब पनि शेराको जत्तिकै छ । अर्थात् अमिरले घोरपडेलाई वार्षिक दुई करोड बुझाउनुपर्छ ।

अक्षय कुमारका बडिगार्ड श्रेयस ठेले हुन् । उनले अक्षयबाट वार्षिक एक करोड २० लाख भारु बुझ्छन् ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ३२ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा