आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेल जित्ने टोलीले भोलि हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आहा रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् ।

बाइ पाएर सिधै क्वर्टरफाइनल पुगेको चर्च ब्वाइज नेपाल पुलिसलाई हराएर सेमिफाइनलमा पुगेको हो भने आर्मीले संकटालाई हराएको थियो ।

एक विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छन् ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : २२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग