प्रधानमन्त्री कप क्रिकेट : आज लिग चरणका अन्तिम दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज लिग चरणका अन्तिम दुई खेल हुँदै


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् ।

आज कीर्तिपुरस्थित टीयू मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल बिहान सवा ९ बजे सुरु हुनेछन् ।

प्रतियोगितामा अहिलेसम्म नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लब आफ्नो ८ खेलमा सबै खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेल जितेर १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । साथै फाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंक नै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेश पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको छ ।

एपीएफ क्लब ९ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौँ स्थानमा रहेको छ। कर्णाली प्रदेश ९ खेलमा ८ अंकसहित सातौँ स्थानमा छ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ९ खेलमा एक जित र ८ हार बेहोरेर नवौँ स्थानमा छ। त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ खेलमा हार बेहोरेर पुछारमा रहेको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ४५ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई