रोहिङ्ग्या शरणार्थीको अर्को डुंगा इन्डोनेसियामा « Khabarhub

रोहिङ्ग्या शरणार्थीको अर्को डुंगा इन्डोनेसियामा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो । 

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ र प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुंगामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् । 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुंगा अवतरण भएको पुष्टि गरे । उनले शरणार्थीहरूको यकिन सङ्ख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीहरूले एक सय ३७ शरणार्थी आएको अनुमान गरेको बताए । 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार सात सय ५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । 

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रहरूमा अल्पसङ्ख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुङ्गालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनीहरू आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।

यद्यपि अरुले भने आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरूको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दाहरूसँग झगडा गर्ने उनीहरूले दावी गरेका छन् । डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए । 

इन्डोनेसिया संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यान्माबाट शरणार्थीहरू लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : ०४ बजे

पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा

राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा