‘लेवल’बिनाका खुला मिठाई बिक्रीमा रोक « Khabarhub

‘लेवल’बिनाका खुला मिठाई बिक्रीमा रोक


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ । 

काठमाडौँका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रंगीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई)मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा बिक्री गरिएको रंगीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ ।

सहायक प्रजिअ अधिकारीले उपभोक्ता हितविपरीतका कार्यलाई निरुत्साहित गर्न स्वयं उपभोक्तासमेत सचेत बन्नुपर्नेमा जोड दिए । 

तनहुँका मुख्य बजार दमौली, दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भिमादलगायत क्षेत्रमा बिना लेवल र प्याक नगरी खुलारूपमा रंगीन कटन क्यान्डी बिक्री गरिँदै आएको र जिल्ला प्रशासन कार्यालयको बिक्री नगर्न सूचना जारी गर्नु प्रभावकारी निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए । 

उपभोक्ता हितविपरीतको कार्यलाई सामान्य ठान्न नसकिने र स्वयं उपभोक्ता पनि सचेत बन्नुपर्ने अध्यक्ष भट्टराईले बताए । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : ५३ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ