चेली जोगाउने होचो ढोका ! (फोटो फिचर) | Khabarhub Khabarhub

चेली जोगाउने होचो ढोका ! (फोटो फिचर)



काठमाडौं – उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा छन् । उपत्यकाको भित्री बस्तीका पुराना घरमा अहिले पनि होचा ढोका देख्न सकिन्छ । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन् । यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनु पर्छ । मल्लकाल र त्यसअघि बनेका आधिकांश घरको ढोका होचै छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ । 

पहिले–पहिले राजाहरू नेवार समुदायका चेली जिस्काउन टोल र घरमा छिर्ने गर्दा नेवार समुदायका सुन्दर युवतीलाई राजाबाट जोगाउनै मुस्किल हुने गर्दथ्यो । राजाहरू घरघर पसेर सुन्दर युवतीलाई जबर्जस्ती लिएर समेत जान थालेपछि सो समुदायका अगुवाले घर र टोलको मूलढोका होचो बनाउने जुक्ति निकालेको बताइन्छ । 

त्यसबेलाको सामाजिक र राजनीतिक संरचनाका कारण राजाको अत्याचारविरुद्ध बोल्न नसक्ने भएका कारण पनि सो समुदायमा यस्तो परम्पराको सुरु भएको जानकारहरू बताउँछन् । राजा, महाराजा पदीय अदवका कारण निहुरिन नजान्ने र किशोरी पछ्याउँदै जाँदा ठोक्किएर टुटुल्को उठ्ने भएकाले सबक सिकाउन यो उपाय खोजिएको बताइन्छ । 

हाल बन्ने घरहरूमा भने सो प्रकृतिमा ढोका देख्न पाइँदैन । तर, काठमाडौंको पुरानो नेवारी बस्तीमा छिर्ने हो भने त्यस्ता संरचनाको अस्तित्व अझै देख्न सकिन्छ । खबरहबकर्मी चिरायु शाक्यले काठमाडौंको विभिन्न स्थानमा पुगेर पुरानो नेवार बस्तीका होचा ढोकाको तस्बिर खिचेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  २ : ३६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले