चेली जोगाउने होचो ढोका ! (फोटो फिचर) « Khabarhub

चेली जोगाउने होचो ढोका ! (फोटो फिचर)



काठमाडौं – उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा छन् । उपत्यकाको भित्री बस्तीका पुराना घरमा अहिले पनि होचा ढोका देख्न सकिन्छ । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन् । यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनु पर्छ । मल्लकाल र त्यसअघि बनेका आधिकांश घरको ढोका होचै छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ । 

पहिले–पहिले राजाहरू नेवार समुदायका चेली जिस्काउन टोल र घरमा छिर्ने गर्दा नेवार समुदायका सुन्दर युवतीलाई राजाबाट जोगाउनै मुस्किल हुने गर्दथ्यो । राजाहरू घरघर पसेर सुन्दर युवतीलाई जबर्जस्ती लिएर समेत जान थालेपछि सो समुदायका अगुवाले घर र टोलको मूलढोका होचो बनाउने जुक्ति निकालेको बताइन्छ । 

त्यसबेलाको सामाजिक र राजनीतिक संरचनाका कारण राजाको अत्याचारविरुद्ध बोल्न नसक्ने भएका कारण पनि सो समुदायमा यस्तो परम्पराको सुरु भएको जानकारहरू बताउँछन् । राजा, महाराजा पदीय अदवका कारण निहुरिन नजान्ने र किशोरी पछ्याउँदै जाँदा ठोक्किएर टुटुल्को उठ्ने भएकाले सबक सिकाउन यो उपाय खोजिएको बताइन्छ । 

हाल बन्ने घरहरूमा भने सो प्रकृतिमा ढोका देख्न पाइँदैन । तर, काठमाडौंको पुरानो नेवारी बस्तीमा छिर्ने हो भने त्यस्ता संरचनाको अस्तित्व अझै देख्न सकिन्छ । खबरहबकर्मी चिरायु शाक्यले काठमाडौंको विभिन्न स्थानमा पुगेर पुरानो नेवार बस्तीका होचा ढोकाको तस्बिर खिचेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : ३६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या