देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) « Khabarhub

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू)


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका हिमाली भेगमा बिहीबार हिमपात भएको छ ।

हुम्लामा बुधबार राति तेस्रो पटक हिमपात हुँदा किसान निकै खुसी भएका छन् ।  बिहीबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा समेत हिउँ परेको छ ।

त्यसै गरी बिहीबार म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा, रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डको रुपगामा हिमपात भएको छ ।

त्यस्तै जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने बाटो समेत हिउँले ढाकिएको  छ ।

बिहीबार भएको हिमपातका कारणले विभिन्न यात्रु बस तथा हवाई सेवा अवरुद्ध भएका छन्  ।

तस्बिर : कुलदीप न्यौपाने, विजय रावत, दाने बोहरा, सन्तोष गौतम,  कमल खत्री/रासस

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ३ : ४४ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।