'नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु  | Khabarhub Khabarhub

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु 


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु एक्स्पोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे  । चार दिनसम्म चल्ने मेलामा विभिन्न देशका ३ सय भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरू का १५० भन्दा बढि स्टल रहेको आयोजकले जनाएका छन् । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले बिभिन्न उत्पादनहरू उपभोक्ताहरूलाई बुझ्न एक्स्पोमार्फत सहज हुने विश्वास व्यक्त गरे । नेपालको बजारमा विदेशी उत्पादनको कारखाना स्थापना गर्न पनि यस्ता एक्स्पोले उत्प्रेरित गर्ने उनले बताए ।

एक्स्पोमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ३ : ३६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय